फूटबल प्रतियोगिता एभरेष्ट कपको दोस्रो संस्करण यही आउँदो शनिबार र आईतबार न्युजिल्याण्डको राजधानी वेलिङटनमा हुने भएको छ । सेप्टेम्बर २४ र २५ तारिकका दिन वेलिङ्टनको वेकफिल्ड पार्क आईल्याण्ड बे मा प्रतियोगिता आयोजना हुने भएको छ । शेर्पा फूटबल क्लब र नेपलिज सोसाईटी अफ वेलिङ्टनले आयोजना गर्न लागेको प्रतियोगितामा १४ टिम समावेश छ । प्रतियोगितामा वेलिङ्टनको शेर्पा फूटबल क्लब ए र बि, बे अफ प्लेन्टीको नेपलिज वारियर फूटबल क्लब, अकल्याण्डको गोर्खा फूटबल क्लब र फूटबल क्लब खुकुरी, क्राइसचर्चको नेपाल युनाइटेड फूटबल क्लब, काठमाडौं फूटबल क्लब एनजेड, टिम लोत्साम्पा र टिम एगापेलगायतका टिमले भाग लिदै छन् । त्यस्तै ह्यामिल्टनको गोर्खाली फूटबल क्लब यस्बर्टनको डाँफे फूटबल क्लब पाल्मेर्शन नर्थको मानावतु युनाइटेड नेल्सनको ड्रुक युनाईटेड र क्युइनस्टाउनको सिम्रिक युनाईटेडको पनि प्रतियोगितामा सहभागिता रहने छ । पहिलो संस्करणको एभरेष्ट कप सन् २०२० मा भएको थियो । पहिलो प्रतियोगिताको बिजेता अकल्याण्ड नेपालिज फूटबल एसोसियन भएको थियो।


