रानीको अन्त्येष्टिमा जसिन्डाको लुगाको चर्चा – New Zealand News Nepal (NZ News Nepal)

रानीको अन्त्येष्टिमा जसिन्डाको लुगाको चर्चा

   September 19, 2022  

गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज भएको छ । महारानी एलिजाबेथको राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा भएको थियो। अन्त्येष्टिमा सहभागी हुन विश्वभरबाट बिभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख बेलायत पुगेका छन् । त्यस्मा न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन पनि छिन् । जसिन्डा विश्वनेताहरु मध्ये सबै भन्दा पहिले बेलायत पुगेकी थिईन् । उनी गत शुक्रबार नै बेलायत पुगेकी थिईन् । रानीको अन्त्येष्टि समारोहमा प्रायको नजर भने प्रधानमन्त्री जसिन्डाको लुगामा गएको थियो । उनले न्युजिल्याण्डका डिजाईनर जुलियट होगनको कालो रंगको लुगा लगाएकी थिईन् । कालो हिल जुत्ता र कालो मिलीनेरी अर्थात ह्याटमा जसिन्डा अलग देखिएकी थिईन । न्युजिल्याण्डको संस्कार र परम्परा झल्किने डिजाईन भएको उक्त लुगा लगाएर प्रधानमन्त्री आर्डेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागि भएकी थिईन् ।