प्रधानमन्त्री जसिन्डा आर्डेन बेलायतबाट आज अमेरिका प्रस्थान गरेकी छिन् । महारानी एलिजाबेथको अत्यष्टीमा सहभागी भएर प्रधानमन्त्री जसिन्डा न्यु योर्क तर्फ लागेकी हुन् । संयुक्त राष्ट्र संघको वार्षिक शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री आर्डेन लण्डनबाट सिधै न्यु योर्क जान लागेकी हुन् । यो वर्ष प्रधानमन्त्रीको संयुक्त राज्य अमेरिकाको यो दोस्रो भ्रमण हो र उनको अघिल्लो भ्रमणजस्तै न्युजिल्यान्डलाई यात्रा र लगानीको गन्तव्यको रूपमा प्रवर्द्धन गर्नेतर्फ ठूलो ध्यान केन्द्रित हुने छ । अमेरिकामा प्रधानमन्त्रीले अन्य केही देशका नेताहरु सँग पनि भेट्ने कार्यक्रम रहेको तर हाललाई द्विपक्षीय बैठकहरूको पूर्ण सूची अझै तय भईनसकेको बताईएको छ । प्रधानमन्त्रीले बेलायतका नयाँ प्रधानमन्त्री लिज ट्रसलाई न्यूयोर्कमा भेट्ने कार्यक्रम यसअघी तय गरिएको थियो, तर उनीहरूले रानीको अन्त्येष्टि अघि लन्डनमा भेटघाट गरेका छन् । प्रधानमन्त्री आर्डेन दुई दिन अगाडि नै अमेरिका आउने कार्यक्रम थियो तर बेलायतमा महारानीको निधन भएपछि प्रधानमन्त्री लण्डन तर्फ लागेकी थिईन् ।