न्युजिल्याण्डमा ‘प्रेम गीत ३’ किन लागेन ? – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा ‘प्रेम गीत ३’ किन लागेन ?

   September 23, 2022  

आजबाट विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेम गीत ३ न्युजिल्याण्डमा भने प्रदर्शन भएको छैन । यसअघी न्युजिल्याण्डको ईभेन्ट्स सिनेमाले आफ्नो वेबसाईट न्युजिल्याण्डमा प्रेम गीत ३ को हिन्दी संस्करण प्रदर्शनमा आउने भएर उल्लेख गरेको थियो । ईभेन्ट्स सिनेमाले प्रेम गीत ३ को पोस्टर नै राखेर सेप्टेम्बर २३ बाट प्रदर्शनमा आउने बताएको थियो । तर प्रदर्शनको ३ दिन अघि अर्थात गत मंगलबार ईभेन्ट्स सिनेमाले आफ्नो वेबसाईट बाट प्रेम गीत ३ को पोस्टर हटाएको थियो । न्युजिल्याण्ड कै अर्को सिनेमा हल रिडिङ सिनेमाले पनि प्रेम गीत ३ चाडै प्रदर्शन हुन लागेको भएर उल्लेख गरेको थियो । तर अहिले न्युजिल्याण्डको कुनै पनि हलमा प्रेम गीत ३ को सो छैन । यसबाट न्युजिल्याण्डमा नेपाली चलचित्र हेर्न आतुर बसेका नेपाली समुदाय निराश बनेका छन् । यस बारेमा हामी फिल्मका निर्माण पक्षसँग कुरा गर्दा उनले अष्ट्रेलियाको बितरकले नै न्युजिल्याण्डमा प्रदर्शन गर्ने भएकाले बितरकसँग कुरा गरेर के भएको जानकारी दिने बताए । निर्माण पक्षले प्रेम गीत ३ न्युजिल्याण्डमा केही दिनमा प्रदर्शन हुने कुरा बताए ।