महारानीलाई सम्झिदैँ न्युजिल्याण्ड, देशभर भोली सार्वजनिक बिदा – New Zealand News Nepal (NZ News Nepal)

महारानीलाई सम्झिदैँ न्युजिल्याण्ड, देशभर भोली सार्वजनिक बिदा

   September 25, 2022  

महारानी एलिजाबेथको निधनको शोक तथा उनको स्‍मृतिमा न्युजिल्याण्ड सरकारले भोली बिभिन्न कार्यक्रम गर्दै छ । रानीको ७० वर्षिय कार्यकालको सम्मानमा देश्भर भोली स्‍मृति सभाको आयोजना गरिने भएको छ । राजधानी वेलिङ्टनमा बिशेष कार्यक्रम आयोजना हुँदै छ । जस्मा प्रधानमन्त्री जसिण्डा आर्डेनले सम्बोधन गर्ने छिन् । भोली देश भर सार्वजनिक बिदा समेत दिईएको छ । त्यस्तै महारानी एलिजाबेथको निधनको शोकमा आउदो भोली दिउसो २ बजे देशभर एक साथ मौनधारण पनि गरिने भएको छ । सरकारले रानीको सम्झनामा आफु जहाँ भए पनि दिउसो २ बजे सबै एक साथ उठेर मौन धारण गर्न अनुरोध गरेको छ ।