आज दिउँसो २ बजे एक साथ मौन धारण गरिने – New Zealand News Nepal (NZ News Nepal)

आज दिउँसो २ बजे एक साथ मौन धारण गरिने

   September 25, 2022  

महारानी एलिजाबेथको निधनको शोकमा आज सोमबार दिउसो २ बजे देशभर एक साथ मौनधारण गरिदै छ । सरकारले रानीको सम्झनामा आफु जहाँ भए पनि दिउसो २ बजे सबै एक साथ उठेर मौन धारण गर्न अनुरोध गरेको छ । रानीको ७० वर्षिय कार्यकालको सम्मानमा देशभर एक साथ मौन धारण गर्न लागिएको उपप्रधानमन्त्री ग्रान्ट रोबर्टसनले बताएका थिए । आज न्युजिल्याण्डमा सार्वजनिक बिदा दिने सरकारले यसअघि नै घोषणा गरेको छ । आजै देशको राजधानी वेलिङ्टनमा रानीको सम्झनामा स्‍मृति सभाको आयोजना समेत गरिने छ ।