262
Shares
महारानी एलिजाबेथको निधनको शोकमा न्युजिल्याण्ड सरकारले आज राजधानी वेलिङटनमा स्मृति सभाको आयोजना गरेको छ । वेलिङ्टन स्थित संसद भवनमा आयोजित सभामा गभर्नर सिन्डी किरो, प्रधानमन्त्री जसिन्डा आर्डेन लगायत बिभिन्न उच्चपदस्थ अधिकारीहरुको उपस्थिती थियो । दिउसो २ बजे बाट सुरु भएको कार्यक्रम २ घण्टा सम्म चलेको थियो ।

संसद भवनको एउटा हलमा आयोजना भएको सभामा सर्वसाधरणलाई भने प्रवेश दिईएको थिएन । संसद भवन अगाडि रहेको मैदानमा ८ वटा ठुलो स्क्रिनमार्फत सभाहल भित्रका गतिबिधीको प्रत्यक्ष प्रसारण गरिएको थियो । सार्वजनिक बिदा भएकाले मैदानमा सर्वसाधारणको उपस्थिती पनि बाक्लो थियो ।

स्मृति सभामा सभामा गभर्नर सिन्डी किरो, प्रधानमन्त्री जसिन्डा आर्डेनले सम्बोधन गर्दै महारानी एलिजाबेथलाई श्रदान्जली दिएका थिए ।
तस्बिरमा हेर्नुहोस्:












तस्बिर: RNZ