न्युजिल्याण्डमा खुल्यो Costco को पहिलो स्टोर – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा खुल्यो Costco को पहिलो स्टोर

   September 28, 2022  

अमेरिकाको चर्चित Costco Wholeshale अब न्युजिल्याण्डमा पनि खुलेको छ । अकल्याण्डमा खुलेको नयाँ स्टोरको औपचारिक ओपनिङ आज बाट भएको हो । अकल्याण्डको 15 Kakano Road, Westgate, Auckland मा Costcoको स्टोर खुलेको हो । ३९ वर्ष अगाडि सन् १९८३ मा अमेरिकाको राजधानी वासिङटन डिसीमा Costco को पहिलो स्टोर खुलेको थियो । हाल अमेरिका लगायत अष्ट्रेलिया, बेलायत, क्यानडा, चिन, फ्रान्स, आईसल्याण्ड, जापान, कोरिया, मेक्सिको, स्पेन र ताईवानमा Costco को स्टोर संचालनमा छन् । अकल्याण्डपछि अब अन्य शहरमा पनिCostco को स्टोर संचालनगर्ने Costco NZ ले बताएको छ ।