न्युजिल्याण्डमा आज ८३ नयाँ कोरोना संक्रमित थपिए – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा आज ८३ नयाँ कोरोना संक्रमित थपिए

   August 29, 2021  

न्युजिल्याण्डमा आज ८३ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८३ जनामा कोरोनाको संक्रमण भेटिएको हो । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ५११ पुगेको छ । ३५ जनाको अस्पतालमा उपचार भईरहेको छ । २ जनालाई भने आईसियुमा राखेर उपचार गराईरहेको मन्त्रालयले जनाएको छ । सकृय संक्रमित मध्ये ४९६ जना अकल्याण्डमा रहेका छन् भने १५ जनालाई वेलिङटनमा संक्रमण देखिएको छ ।