‘आफुलाई कोरोना संक्रमण भईसकेको सोचेर सचेत हौं’ : प्रधानमन्त्री आर्डेन – New Zealand News Nepal (NZ News Nepal)

‘आफुलाई कोरोना संक्रमण भईसकेको सोचेर सचेत हौं’ : प्रधानमन्त्री आर्डेन

   August 29, 2021  

प्रधान मन्त्री जसिन्डा आर्डेनले सबै मानिसले आफुलाई कोरोना संक्रमण भईसकेको सोचेर सचेत हुन आग्रह गरेकी छिन् । कोरोनाको दैनिक विवरण दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री सो कुरा बताएकी हुन् । उनले डेल्टा भेरियन्टको कोरोना अरु भन्दा बढी संक्रामक हुने भएकोले हरकोही सचेत हुनु पर्ने बताईन । अहिले देखि राखेको दैनिक कोरोना संक्रमितको संख्याले न्युजिल्याण्डको अवस्था भयावह हुने भएकाले पहिलो संक्रमित देखिदै पुरै देशलाई लेभल ४ मा लाने निर्णय गरिएको प्रधानमन्त्रिले बताईन् । त्यस्तै स्वास्थ्य मन्त्रालयका महा निर्देशक यस्ले ब्लुमफिल्डले न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या अझै बढ्ने अपेक्षा गरेका छन् । उनका अनुसार अहिले भेटिएका संक्रमितको विवरण हेर्दा कोरोना संक्रमितको संख्या अझै केही दिन उच्च हुने छ । उनले आज न्युजिल्याण्डमा थप ८३ जनामा संक्रमण भेटिएको बताए । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ५०० नाघेको छ । आज थपिएका संक्रमितलाई जोड्ने हो भने न्युजिल्याण्डमा डेल्टा भेरियन्टको कोरोना संक्रमितको सँख्या ५११ पुगेको छ ।