प्रकाश सपुत र भरतमणी न्युजिल्याण्डमा, आज Hamilton मा ‘दशैँ धमाका’ – New Zealand News Nepal (NZ News Nepal)

प्रकाश सपुत र भरतमणी न्युजिल्याण्डमा, आज Hamilton मा ‘दशैँ धमाका’

   October 7, 2022  

न्युजिल्याण्डका बिभिन्न शहरमा आयोजना हुने दशैँ धमाकामा आफ्नो प्रस्तुती दिन चर्चित गायक भरतमणी पौडेल र कमेडियन च्याम्पेन सिजन २ का बिजेता भरतमणी पौडेल न्युजिल्याण्ड आईपुगेका छन् । उनीहरु हिजो मध्यरात अकल्याण्ड आईपुगेका हुन् । लाखे ईभेन्ट्सको प्रस्तुतीमा हुन लागेको दशैँ धमाकामा गायक सपुत र कमेडियन पौडेलले आफ्नो प्रस्तुती दिने छन् । दशैँ बिशेष कार्यक्रमको सुरुवात आज बाट हुँदै छ । बिभिन्न ६ शहरमा हुन लागेको कार्यक्रमको सुरुवात ह्यामिल्टनबाट हुने छ । ह्यामिल्टनको ह्यामिल्टन गार्डेनस्थित सेन्ट्रल कोर्टमा आयोजना हुन लागेको कार्यक्रम साझँ छ बजे बाट सुरु हुने आयोजक नेपाल न्युजिल्याण्ड वाईकातो फ्रेन्डशिप सोसाईटीले जनाएको छ ।

त्यस्तै भोली अक्टोबर ८ मा Tauranga, अक्टोबर ९ मा Wellington मा कार्यक्रम अयोजना हुँदै छ भने अर्को हफ्ता  १४ अक्टोबरमा Ashburton, १५ अक्टोबरमा Invercargill र १६ अक्टोबर मा Christchurch मा दशै बिशेष कार्यक्रम आयोजना हुने भएको छ ।