दसैं धमाका अन्तर्गतको दोस्रो कार्यक्रम आज न्युजिल्याण्डको Tauranga शहरमा हुँदै छ । चर्चित गायक प्रकाश सपुत र कमेडियन भरतमणी पौडेलको बिशेष प्रस्तुती रहेन कार्यक्रम न्युजिल्याण्डको बिभिन्न छ शहरमा आयोजना हुँदै छ। पहिलो कार्यक्रम हिजो ह्यामिल्टनमा आयोजना गरिएको थियो। दोस्रो कार्यक्रम आज Paengaroa को Community Hall मा साझँ ५:३० बजे बाट सुरु हुने छ । Tauranga को कार्यक्रम भने Nepalsese Association in BOP, New Zealand INC ले आयोजना गरेको हो । लाखे ईभेन्ट्सको प्रस्तुतीमा हुन लागेको कार्यक्रमको अर्को सो भने भोली राजधानी वेलिङ्टनमा हुने छ । त्यस्तै अर्को साता न्युजिल्याण्डको साउथ आईल्याण्डको ३ शहरमा कार्यक्रम आयोजना हुँदै छ ।


