महँगो बन्दै न्युजिल्याण्ड, सर्वाधिक महँगाई खाद्य साम्राग्रीमा

मूल्य वृद्धि पछिल्लो १३ वर्ष यताकै उच्च बिन्दुमा

330 Shares

न्युजिल्याण्डमा महँगाई आकाशिदै गएको छ । यसको सबैभन्दा बढी प्रभाव खाद्य साम्राग्रीमा परेको छ । NZ Stats ले जारी गरेको पछिल्लो तथ्यांक अनुसार खाद्य साम्राग्रीमा मूल्य वृद्धि पछिल्लो १३ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । गत वर्ष भन्दा यो वर्ष  खाद्य साम्राग्रीमा ८.३ % ले मूल्य वृद्धि भएको छ । यो सन् २००९ यता कै बढी प्रतिशत हो । खाद्य साम्राग्रीमा पनि सबै भन्दा बढी फलफुल तथा तरकारीमा १६.२ % ले मूल्य वृद्धि भएको छ । त्यस्तै किराना खाद्य साम्राग्रीमा ७.७ %, माछामासु र मासु जन्य साम्राग्रीमा ६.७ % मूल्य वृद्धि भएको ले जारी गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै जुस र सफ्ट ड्रिक्सलगायतका पिय पदार्थमा ४.८ % मुल्य बढेको छ ।

सम्बन्धित समाचार

सबै