न्युजिल्याण्डमा गरियो लक्ष्मी पूजा

456 Shares

झिलिमिली बत्तिको पर्वको रुपमा चिनिने तिहारको तेस्रो दिन न्युजिल्याण्डमा पनि पूजा आराधना गरी लक्ष्मी पूजा गरिएको छ। घर घरमा धनधान्य देवी लक्ष्मीको श्रद्धा र भक्तिपूर्वक पुजा आराधाना गरि मनाईएको हो ।आज लेबर डेको अवसरमा सार्वजनिक बिदा पनि परेकोले अधिकाशंले समय पाएर दिन भर घर सरसफाइ, रङ रोगन गर्दै र रङोली बनाएर साझँ बत्ती पाल्दै लक्ष्मी पुजा गरेका छन् । दिनभर काममा ब्यस्त भएकाले पनि  साँझपख पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरेका छन्। नेपाली समय भन्दा ७ घण्टा १५ मिनेट अगाडि न्युजिल्याण्डको समय छ त्यसैले नेपालमा दिउँसो हुँदै न्युजिल्याण्डमा साझँ पर्ने भएका न्युजिल्याण्डमा लक्ष्मी पूजा सबै भन्दा सुरुमा भएको हो ।

बिदेशमा रहे पनि बिधिपूर्बक पुजा आराधाना गरे घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता राख्दै केहिदिन अगाडिबाट नै पूजाको तयारीको लागि उनीहरुले चाँजोपाँजो मिलाएका थिए। पूजाको लागि सेल रोटी, मिठाई, फलफूल, पालामा दीप प्रज्वलन गरी , अबिरले लक्ष्मीको पाईला बनाउदै गरगहना,पैसा राखेर लक्ष्मीको पुजा गरिएको थियो ।

सम्बन्धित समाचार

सबै