266
Shares
प्रधानमन्त्री जसिन्डा आर्डेन आज पृथ्वीको सबैभन्दा दक्षिणमा अवस्थित Antarctica तर्फ प्रस्थान गर्दै छिन् । आज बाट शुक्रबार सम्म हुने भ्रमणमा प्रधानमन्त्री आर्डेनले Antarctica मा न्यूजील्याण्डका नागरिकहरूले गरेको आलोचनात्मक अनुसन्धानलाई पहिलो पटक अवलोकन गर्ने छिन् । ‘Antarctica न्यूजील्याण्डको सम्पदा र भविष्यको हिस्सा हो र हामी शान्ति, विज्ञान र सहयोगको लागि प्राकृतिक भण्डारको रूपमा यसको संरक्षण गर्न प्रतिबद्ध छौं,” केही दिन अघि जारी गरेको बिज्ञप्तीमा प्रधानमन्त्रीले भनेकी छिन् । न्यूजील्याण्ड संसारको एक मात्र देश हो जसले अन्टार्कटिकामा क्षेत्रीय दाबी, आधार र सम्पदा जिम्मेवारी कायम गरेको छ ।