अकल्याण्डमा आज Sabin Rai & The Pharaoh ब्याण्डको कन्सर्ट – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्डमा आज Sabin Rai & The Pharaoh ब्याण्डको कन्सर्ट

   November 6, 2022  

चर्चित नेपाली गायक सविन राई र उनको Sabin Rai & The Pharaoh ले आज न्युजिल्याण्डमा पहिलो पटक आफ्नो प्रस्तुती दिदै छ । अकल्याण्डमा रहेको स्टुडियो द भेन्युमा साझँ ७ बजे बाट सुरु हुने कार्यक्रममा न्युजिल्याण्डमा रहेका नेपालीहरुको ठुलो संख्यामा सहभागिता हुने अनुमान गरिएको छ । सांगितिक कन्सर्टको आयोजना लाखेँ ईभेन्ट्सले गरेको हो । यसबिचमा कार्यक्रमको पुर्व सध्यामा हिजो एक बिशेष कार्यक्रममा बिच कन्सर्टमा सहयोगी संस्था, प्रायोजक र कन्सर्टमा सहभागी हुने भिआईपी अतिथीहरुलाई सविन राई र उनको ब्यान्ड सँग परिचय गराईएको थियो ।