भोली चन्द्र ग्रहण लाग्दै, न्युजिल्याण्डबाट अझ प्रष्ट देखिने, कुन समयमा हेर्ने ?

522 Shares

भोली लाग्ने चन्द्र ग्रहण न्युजिल्याण्डबाट प्रष्ट देखिने भएको छ । न्युजिल्याण्डमा राती ९ बजे बाट नै ग्रहण लाग्ने छ । तर पूर्ण रुपमा ग्रहण भने ११:१६ देखिए १२:४१ सम्म लाग्ने छ । त्यस्तै राती २:५६ मा न्युजिल्याण्डमा ग्रहण सकिने छ । भोलीको चन्द्र ग्रहणलाई ‘ब्लड मुन’ भनिएको छ र यो फेरी अवलोकन गर्न केही वर्ष पर्खिनु पर्ने भएको छ अर्थात २०२५ यता भोली जतीको ग्रहण लाग्ने छैन । न्युजिल्याण्डको सबै भागबाट ग्रहण हेर्न सकिने छ ।

 

९:०२ बजे मङ्गलबार, नोभेम्बेर ८-  चन्द्रग्रहण सुरु हुन्छ, पृथ्वीको छाँयाले चन्द्रमा छुन सुरु गर्छ।

१०:०९ बजे मङ्गलबार, नोभेम्बेर ८-  आंशिक चन्द्रग्रहण सुरु हुन्छ,  चन्द्रमा रातो हुँदै जाने छ ।

११:१६ बजे मङ्गलबार, नोभेम्बेर ८-  पूर्ण चन्द्र ग्रहण सुरु हुन्छ -चन्द्रमा पूर्ण रुपमा रातो हुने छ ।

११:५९ बजे मङ्गलबार, नोभेम्बेर ८-  अधिकतम ग्रहण चन्द्र देखिने छ । 

१२:४१ बजे बुधबार, नोभेम्बेर ९- ग्रहण घट्दै जाने छ । 

१:४९ बजे बुधबार, नोभेम्बेर ९- ग्रहण आंशिक रुपमा घटेको देखिने छ । 

२:५६ बजे बुधबार, नोभेम्बेर ९- ग्रहण सकिने छ ।

सम्बन्धित समाचार

सबै