नोभेम्बर १८ मा 1974 A.D सँगै न्युजिल्याण्डका ३ नेपाली ब्याण्डले प्रस्तुती दिदैँ – New Zealand News Nepal (NZ News Nepal)

नोभेम्बर १८ मा 1974 A.D सँगै न्युजिल्याण्डका ३ नेपाली ब्याण्डले प्रस्तुती दिदैँ

   November 9, 2022  

आउँदो नोभेम्बर १८ तारिकका दिन अकल्याण्डको टाउन हलमा आयोजना हुन गईरहेको चर्चित नेपाली ब्याण्ड 1974 A.D को कन्सर्टमा न्युजिल्याण्डका ३ नेपाली ब्याण्डले पनि प्रस्तुती दिने भएका छन् । Bay of Plenty को एक ब्याण्ड र अकल्याण्डको २ ब्याण्डले कार्यक्रममा आफ्नो प्रस्तुती दिन लागेका हुन् । न्युजिल्याण्डमा चर्चित रहेको नक्षत्र ब्याण्ड, अकल्याण्डको मन्डला ब्याण्ड र मेन्जो ब्याण्डले पनि कन्सर्टमा आफ्नो प्रस्तुती दिने छन् । केही दिन अघि भएको गायक सविन राईको कन्सर्टमा पनि नक्षत्र र मन्डला ब्याण्डमा धमाकेदार प्रस्तुती दिएका थिए । अकल्याण्डको टाउन हलमा आयोजना हुने कन्सर्टको तयारी यती खेर धमाधम भईरहेको छ । 1974 A.D का सदस्यहरु १६ नोभेम्बर मा अकल्याण्ड आईपुग्ने आयोजक हाम्रो ईभेन्ट्सले जनाएको छ ।