चर्चित नेपाली ब्याण्डको कन्सर्टमा जम्दैँ न्युजिल्याण्डका ‘नक्षत्र’ र ‘मण्डला’ ब्याण्ड

1.2K Shares

गत हफ्ता न्युजिल्याण्डको अकल्याण्डमा लामो समय पछि सबैभन्दा ठुलो नेपाली कार्यक्रम भयो जस्मा चर्चित गायक सविन राई र उनको ब्याण्डले आफ्नो धमाकेदार प्रस्तुती दिए । त्यस्को दुई साता नबित्दै पुन: अर्को चर्चित नेपाली ब्याण्ड 1974 A.D ले आउँदो शुक्रबार अकल्याण्डको टाउन हलमा आयोजना हुने भब्य कन्सर्टमा आफ्नो प्रस्तुती दिदै छ । गत साता भएको र आउदो साता हुने कार्यक्रममा न्युजिल्याण्डका दुई नेपाली ब्याण्डको पनि सहभागिता रहेको छ ।

Bay of Plenty को नक्षत्र ब्याण्ड र अकल्याण्डको मण्डला ब्याण्डले सविन राईको कन्सर्टमा गीत मात्र गाएनन् उनिहरु कन्सर्टमा सहभागि भएका दर्शकलाई आफ्नो प्रस्तुतीमा नचाई छाडे । कार्यक्रमको सुरुवात गरेको मण्डला ब्याण्डले कार्यक्रमको सुरुवात नै धमाकेदार रुपमा गरे । काठमाडौंका ४ युवा मिलेर बनाएका यो ब्याण्डका Vocalist प्रशान्त थापा रहेका छन् । त्यस्तै Guitarist मा सुशल केसी र बिपिन कंसकार र Drummer मा सकिल कंसकार रहेका छन् ।

आफ्नै तरिका र सुधारका साथ संगितलाई न्याय दिने उनिहरुको लक्ष्य छ । आफुलाई फ्री स्टाईल रक ब्याण्डको रुपमा परिचित गराउन सफल मण्डला ब्याण्डले न्युजिल्याण्डमा आयोजना हुने बिभिन्न सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुती दिदै आएका छन् ।

सविन राईको कन्सर्टमा अर्को चर्चित नाम बन्यो नक्षत्र ब्याण्ड । अपेक्षा गरेभन्दा निकै धमाकेदार प्रस्तुती नक्षत्र ब्याण्डले गत आईतबार आयोजित कन्सर्टमा देखाएका थिए । उनिहरुले दर्शकलाई आफ्नु प्रस्तुतीमा झुम्न बाध्य पारे । ब्याण्डका सदस्यसँग हाथ मिलाउन कति दर्शक त स्टेजतर्फ लम्किरहेको प्रष्ट देख्न सकिन्थ्यो ।

नक्षत्रको प्रस्तुती भईरहदा उपस्थित कसैलाई लागेन कि यो एउटा सामान्य न्युजिल्याण्डको लोकल ब्याण्डको प्रस्तुती हो । प्रस्तुती यती धमाकेदार थियो कि सबैले आजको उत्कृष्ठ प्रस्त्तुती भन्दै ब्याण्डका सदस्यलाई बधाई दिन समेत भ्याएका थिए । एक वर्ष अगाडि मात्र स्थापना भएको यो ब्याण्ड ३ जना बाट सुरु भएको थियो । अहिले यस्मा ६ सदस्य छन् । ब्याण्डको Vocalistमा सौगात न्यौपाने छन् भने Vocalist/Bassist मा सुमन गुरुङ रहेका छन् । त्यस्तै Guitarist मा निकेश गुरुङ, समिप मल्ल ठकुरी र युवराज थापा रहेका छन् । Drum मा भने सौरभ गुरुङ ले साथ दिएका छन् । नेपाली संस्कृतिलाई प्रबर्धन गर्ने लक्ष्यका साथ सुरु गरिएको नक्षत्र ब्याण्डले संगित मार्फत बिदेशमा बस्ने नेपालीलाई एक ढिक्का बनाउने आफ्नो उदेश्य रहेको बताएको छ ।

आउदो शुक्रबारको कन्सर्टमा थपिने अर्को नाम भएको मेन्जो रहेको छ । मिजस ठकुरीले सांगितिक यात्राका लागि आफ्नो नाम मेन्जो राखेका हुन् । उनी एक एकल गायक हुन् र उनको दखल हिपहप तथा र्यापमा रहेको छ । सानै उमेरबाट नै उनले कविता र र्याप गीत लेख्ने गर्थे । उनी एक्लैको लक्ष्य भनेको हिपहप र र्याप संगितलाई प्रबर्धन गर्नु रहेको छ । नोभेम्बर १८ मा आयोजना हुने कन्सर्टमा उनको पनि बिशेष प्रस्तुती रहने छ ।

सम्बन्धित समाचार

सबै