ताजा अपडेट

‘नेपाल चुनाव Exit Poll’ सुरु, तपाईंको भोट कुन पार्टीलाई ? यसरी गर्नुहोस् भोट

468 Shares

NZ News Nepal ले न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली माझ आसन्न प्रतिनिधि सभाको निर्वाचनको बारेमा आफ्नो धारणा राख्न  सर्वेक्षण सुरु गरेको छ । आज बाट सुरु भएको सर्वेक्षण ३ दिन अर्थात बुधवार सम्म चल्ने छ । यो सर्वेक्षणमा आउदो मङ्सिर ४ अर्थात नोभेम्बर २० का दिन हुने चुनावमा न्युजिल्याण्ड बसोबास गर्ने नेपालीहरु नेपालमा कुन पार्टीलाई नेपालको नेतृत्व गरेको हेर्न चाहन्छन् र कुन नेतालाई चुनावमा बिजयी भएको देख्न चाहन्छन् भन्ने बारे आफ्नो मत राख्न पाउने छन् । ३ छुट्टा छुट्टै भागमा  आफ्नो मत  दिन मिल्ने छ । सुरुमा कुन पार्टीको बढी सिट र कति सिट आउने त्यसबारेमा समेत नेपालीले अनुमान लगाउन सक्ने छन् । । त्यसपछि कुन पार्टीको नेता चुनाव पछि प्रधानमन्त्री बन्ने छ त्यसबारेमा पनि आफ्नो मत राख्न सकिने छ । त्यस्तै चर्चित नेता भएका १० क्षेत्रको चुनावी नतिजाबारे पनि न्युजिल्याण्डका नेपालीले अनुमान लगाउन सक्ने छन्  ।

EXIT POLL मा सहभागि भएर आफ्नो मत जाहेर गर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै