शुक्रबार अकल्याण्डको टाउन हलमा आयोजना हुने कन्सर्टमा आफ्नो प्रस्तुती दिन चर्चित नेपाली ब्याण्ड 1974 A.D का सदस्यहरु आज अकल्याण्ड आईपुगेका छन् । ब्याण्डका सदस्यहरुलाई कन्सर्टको आयोजक हाम्रो ईभेट्सका टिमले स्वागत गरेका थिए । ‘यो मन त मेरो नेपाली हो लाईभ ईन कन्सर्ट’ नाम दिईएको उक्त कन्सर्टमा न्युजिल्याण्डका दुई ब्याण्ड नक्षत्र र मण्डलाले पनि प्रस्तुती दिदैँ छन् । त्यस्तै र्याप गायक मेन्जोले पनि आफ्नो प्रस्तुती दिने छन् ।


