ताजा अपडेट

Exit Poll: झापामा ओली भारी मतले जित्ने, मोरङमा पण्डित र कोइरालाबिच कडा प्रतिस्पर्धा

431 Shares

NZ News Nepal ले गरेको सर्वेक्षणमा झापामा केपी ओलीले भारी मतले जित्ने सम्भावना रहेको छ । झापा निर्वाचन क्षेत्र : ५ मा केपी ओली लाई ८८ % मत आएको छ जस्मा उनी बिजयी हुने र भारी मत पाउने सम्भावना रहेको रुझानले देखाएको छ । नेपाली कांग्रेसका खगेन्द्र अधिकारीकलाई ६ % र जनता समाजवादी पार्टी, नेपालकी ओममाया आङदेम्वेलाई ६ % मत आएको छ ।

उता मोरङ क्षेत्र ६ मा भने एमालेका लालबाबु पन्डित र कांग्रेसका शेखर कोइराला बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सर्वेक्षणमा दुवैको पक्षमा ५०-५० % मत आएको छ । कांग्रेसको वर्चश्व रहेको मोरङमा अघिल्लो निर्वाचनमा एमालेका पन्दित बिजयी भएका थिए । यो चुनावमा पन्दित पुन सांसद बन्छन् वा शेखरले कमब्याक गर्छन् त्यो भने हेर्न बाँकी छ ।

उता झापा निर्वाचन क्षेत्र : ३ मा राप्रपाका राजेन्द्र लिङ्देन बिजयी हुने अनुमान गरिएको छ । लिङ्देनको ७० % मत आएको छ भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौलाको जम्मा ६ % मत आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकको २४% मत आएको छ ।

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै