आज अकल्याण्ड तताउदैँ नेपाली ब्याण्ड 1974 A.D – New Zealand News Nepal (NZ News Nepal)

आज अकल्याण्ड तताउदैँ नेपाली ब्याण्ड 1974 A.D

   November 18, 2022  

नेपाली चर्चित ब्याण्ड 1974 A.D को सांगितिक कन्सर्ट आज अकल्याण्डमा आयोजना हुँदै छ । साझँ ६ बजे बाट अकल्याण्डको टाउन हलमा आयोजना हुने कन्सर्टमा नेपाली ब्याण्ड 1974 A.D ले आफ्नो धामाकेदार प्रस्तुती दिने छन् । हाम्रो ईभेट्न्सको आयोजनामा हुन लागेको कार्यक्रममा न्युजिल्याण्डका दुई नेपाली ब्याण्ड मण्डला र नक्षत्रले पनि आफ्नो प्रस्तुती दिने छ्न् । त्यस्तै र्याप गायक मेन्जोको पनि कन्सर्टमा प्रस्तुती रहने छ । यि कलाकारले 1974 A.D को प्रस्तुती अघि अर्थात कन्सर्टको ओपनिङ गर्ने छन् । कन्सर्टमा सहभागि हुन न्युजिल्याण्ड भरि छरिएर बसेका नेपालीहरु अकल्याण्डमा जम्मा हुँदै छन् ।