नेपालमा भोली चुनाव, ५ वर्षका लागि छानिदैँ जनप्रतिनिधी – New Zealand News Nepal (NZ News Nepal)

नेपालमा भोली चुनाव, ५ वर्षका लागि छानिदैँ जनप्रतिनिधी

   November 19, 2022  

मुलुक संघीयतामा गइसकेपछि संसदको दोस्रो निर्वाचन भोली हुँदैछ।  देशभर एकसाथ हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।  भोली संघीय संसद र प्रदेशसभा गरी जम्मा ८२५ जना जनप्रतिनिधि छानिँदैछन्। जसअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० जनप्रतिनिधि चुनिँदै छन्।