269
Shares
आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ बजेर ४५ मिनेटसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन् । यो पटकको निर्वाचनमा बिहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए ।
मतदाताहरूले स्थानीय तहको निर्वाचन जस्तो यो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उत्साह नभएको बताएका छन्। मतदाताको चाप नभएकै कारण सहजै मतदान गर्न पाएको मतदाताहरूले बताएका हुन्।