सुरु भयो विश्वकप, कतारमा भव्य उद्घाटन

266 Shares

विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप २०२२ को आइतबार भव्य उद्घाटन गरिएको छ।  अल बायत स्टेडियममा भव्य उद्घाटन भएसँगै एसियाली क्षेत्रमा दोस्रो पटक फुटबलको महाकुम्भ सुरु भएको हो। यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए। यसअघि जुन–जुलाइमा विश्वकप आयोजना हुँदै आए पनि कतारको तातो मौसमका कारण पहिलो पटक नोभेम्बर–डिसेम्बरमा आयोजना गरिएको हो।

उद्घाटन समारोहका लागि स्टेडियमको तापक्रम २५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रविधिको जडान गरिएको छ।   विश्वकपका लागि कतारले १२ वर्ष अघिदेखि पुर्वाधार लगायत तयारी सुरु गरेको थियो। विश्वकपका लागि कतारले २ खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको छ।  अल बायत स्टेडियममा उद्घाटनपछि समूह चरणका ६ खेल, अन्तिम १६ को एक खेल, क्वार्टरफाइनल र सेमिफाइनलका एक–एक खेल हुनेछन्।

समूह चरणको नेदरल्याण्ड, कतार, जर्मनी र स्पेन, इङल्याण्ड र अमेरिका, कोष्टारिका र जर्मनीको खेल यही रंगशालामा हुनेछ।  यो स्टेडियमको नाम कतार र त्यहाँका नागरिकको इतिहाससँग जोडिएको छ। टेन्टजस्तो डिजाइनमा बनाइएको स्टेडियममा ६० हजार दर्शक अट्ने क्षमता छ।   विश्वकपको उद्घाटनमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह कोलम्बियाली गायिका शकिरा, जे बाल्भिन, नाइजेरियन गायक तथा गीतकार प्याट्रिक ओकारी, नाइजेरियाली कलाकार किज डेनियलसँगै स्थानिय कलाकारले प्रस्तुती दिएका छन् ।

सम्बन्धित समाचार

सबै