नेपाल चुनाव: अहिलेसम्म को अगाडि ? हेर्नुहोस् ताजा मतपरिणाम – New Zealand News Nepal (NZ News Nepal)

नेपाल चुनाव: अहिलेसम्म को अगाडि ? हेर्नुहोस् ताजा मतपरिणाम

   November 22, 2022  

नेपालमा आईतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । हाल भईरहेको मत गणना अनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी बिच कडा प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसले दुई स्थानमा जित हासिल गरेको छ भने ३७ वटा सिटमा अग्रता लिईरहेको छ । कांग्रेसले मुस्ताङ क्षेत्र नम्बर १ र मनाङ क्षेत्र नम्बर १ मा जित हासिल गरेको हो । मुस्ताङ क्षेत्र नम्बर १ मा योगेश गौचन थकाली ३९९२ मत ल्याएर बिजयी भएका हुन् । त्यस्तै मनाङ क्षेत्र नम्बर १ मा कांग्रेसका टेक बहादुर गुरुङ २५७५ मत ल्याएर बिजयी भएका हुन् ।

नेकपा एमालेले पनि एक स्थानमा जित हासिल गरेको छ ।  एमाले ललितपुर क्षेत्र नम्बर २ मा बिजयी भएको हो । एमालेका प्रेम बहादुर महर्जन १५०२५ मत ल्याएर ललितपुर २ बाट बिजयी भएका हुन् ।  हाल  नेकपा एमालेले भने ३१ स्थानमा अग्रता लिईरहेको छ । उता रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि राम्रो सुरुवाती अग्रता ल्याएको छ । रास्वपा अहिले  ८ स्थानमा अग्रता हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले ९ स्थानमा अग्रता लिईरहेको छ भने नेकपा एकीकृत समाजवादीले पनि ८ स्थानमा अग्रता प्राप्त गरेको छ ।