गोरखाबाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित – New Zealand News Nepal (NZ News Nepal)

गोरखाबाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित

   November 24, 2022  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको स्रोतले बतायो । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी भए । नेकपा एमालेक उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा रहे । माओवादी अध्यक्ष प्रचण्डले २०६४ यताका सबै चुनाव लगातार जित्दै आएका छन् । २०७४ को चुनाव चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक गोरखा २ रोजेका थिए ।