चितवन २ मा रवि लामिछाने निर्वाचित, संसदमा ईन्ट्रीसंगै प्रधानमन्त्री बन्ने बाटो खुल्यो – New Zealand News Nepal (NZ News Nepal)

चितवन २ मा रवि लामिछाने निर्वाचित, संसदमा ईन्ट्रीसंगै प्रधानमन्त्री बन्ने बाटो खुल्यो

   November 24, 2022  

चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन् । लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।  उनले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ६७.३ प्रतिशत अर्थात् ८४ हजार तीन सय १५ मत खसेको थियो । लामिछानेलाई निकटतम् प्रतिस्पर्धी पोखरेल र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिएका छन् । सो क्रममा लामिछानेले छलफल गरी आफू अघि बढ्ने बताएका छन् ।

लामिछाने बिजयी भएसंगै अब उनी संसद प्रवेश गर्ने छन् । त्यती मात्र नभएर धेरै नेपालीको चाहना उनी प्रधानमन्त्री बनेको देख्ने छ र त्यस्का लागि पनि बाटो खुलेको छ । नेपालमा प्रतिनिधि सभाको सांसद प्रधानमन्त्री हुने ब्यवस्था छ । तर लामिछाने प्रधानमन्त्री हुन संसदमा १३८ जनाको मत आवश्यक पर्छ यस्तोमा एमालेले उनलाई प्रधानमन्त्री बनाउन सक्ने अनुमान गरिएको छ ।