आज ७५ नयाँ संक्रमित थपिए – New Zealand News Nepal (NZ News Nepal)

आज ७५ नयाँ संक्रमित थपिए

   September 1, 2021  

न्युजिल्याण्डमा आज ७५ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७५ जनामा कोरोनाको संक्रमण भेटिएको हो । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ६८७ पुगेको छ । ३२ जनाको अस्पतालमा उपचार भईरहेको छ । ८ जनालाई भने आईसियुमा राखेर उपचार गराईरहेको मन्त्रालयले जनाएको छ ।