एक अज्ञात व्यक्तीको छुरा प्रहारबाट अकल्याण्डमा एक भारतीयको हत्या भएको छ । अकल्याण्डको Sandringham मा रहेको Rose Cottage Superette नामको एक डेरी पसलमा कार्यरत भारतीयलाई हिजो राती एक व्यक्तीले छुरा प्रहार गरेका थिए । उनलाई तुरुन्तै अस्पताल पुर्याएपनि उनको मृत्यु भईसकेको थियो । प्रहरीले छुरा प्रहार गर्ने व्यक्तीको सिसी टि.भीमा कैद भएको तस्बिर सार्वजनिक गरेको छ । प्रहरीका अनुसार छुरा प्रहार गर्नेको खोजी तिब्र रुपमा भईरहेको छ । केही महिना अगाडि मात्र विवाह गरेका मृतकको नाम भने खुलाईएको छैन । अकल्याण्डमा रहेका भारतीय समुदायका थुप्रै मानिस हत्या भएका भारतीय कामदारलाई श्रद्दान्जली दिन आज बिहान घटनास्थलमा फुल लिएर पुगेका थिए ।
यता घटनाप्रती प्रधानमन्त्री जसिन्डा आर्डेनले दु:ख व्यक्त गरेकी छिन् । हिजो भएको घटना दुर्भाग्यपूर्ण रहेको बताउदैँ प्रधानमन्त्रीले मृतकको परिवार प्रती समवेदना समेत प्रकट गरेकी थिईन् । प्रधानमन्त्रीले यस्तो घटना घटाउने अपराधीले उन्मुक्ती नपाउने बताईन् ।