१०० क्षेत्रको नतिजा सार्वजनिक हुँदा कस्को कति सिट ? (सुचीसहित )

531 Shares

प्रतिनिधिसभाको निर्वाचनको १०० निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । १०० निर्वाचन क्षेत्रको मत परिणामअनुसार नेपाली कांग्रेसले ३६ स्थानमा जित हात पारेको छ । कांग्रेसले जारी मतगणना भइरहेका ६२ क्षेत्रमा कांग्रेसले १८ स्थानमा अग्रता कायम राखेको छ ।एमाले दोस्रो स्थानमा छ । एमाले २२ निर्वाचन क्षेत्रमा विजयी छ भने २५ स्थानमा अग्रता लिइरहेको छ । नेकपा माओवादी केन्द्रले ९ सिट जित्दा ७ सिटमा मात्रै अग्रता कायम गर्न सकेको छ । एकीकृत समाजवादीले ९ क्षेत्रमा निर्वाचन जितेको छ भने अझै एक स्थानमा अग्रता बनाएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हात पारेको छ भने एक क्षत्रेमा अग्रस्थानमा छ ।

नेपाली कांग्रेस: ३६ सिट
नेकपा एमाले: २२ सिट
माओवादी केन्द्र: ९ सिट
एकिकृत समाजवादी: ९ सिट
राष्ट्रिय स्वतन्त्र पार्टी: ७ सिट
राष्ट्रिय प्रजातन्त्र पार्टी: ४ सिट
लोक्तान्त्रिक समाजवादी पार्टी: २ सिट
नागरिक उन्मुक्ती पार्टी: २ सिट
जनता समाजवादी पार्टी: २ सिट
अन्य: १० सिट

सम्बन्धित समाचार

सबै