Residency Approve नभएपछि ४२ दिन भित्र न्युजिल्याण्ड छोड्न Immigration NZ को आदेश

549 Shares

सन् २०१७ मा न्युजिल्याण्ड आएका एक हङ्गेरी परिवारको स्थाई बसोबास भिसा अर्थात Residency स्विकृत नभएपछि ४२ दिन भित्र न्युजिल्याण्ड छोड्न Immigration NZ ले आदेश दिएको छ । आईभेट केरेकेस ​ र उनको परिवारका सदस्यहरुको Residency Approve नभएपछि उनिहरुलाई ४२ दिन भित्र देश छोड्न आदेश दिईएको हो ।

Kāpiti Coast को Paraparaumu मा उनिहरुको एउटा रेस्टुरेन्ट छ जसबाटै उनिहरुले Entrepreneurial Residence Visa हालेका थिए तर गत नोभेम्बर २८ तारिकका दिन ईमेल मार्फत उनिहरुको Residency Reject भएको जानकारी दिईएको थियो । Paraparaumu मा उनिहरुको रेस्टुरेन्ट एक व्यस्त र सफल रेस्टुरेन्टको रुपमा लिईन्छ । केरेकेसको परिवारमा उनका श्रीमान र ३ छोरा छन् जो २५, २३ र ७ वर्षका छन् ।

सन् २०१७ मा न्युजिल्याण्ड आउनासाथ उनिहरुले न्युजिल्याण्डबाट चिज र मासु यूरोपमा निर्यात गर्ने योजना बनाएका थिए तर न्युजिल्याण्डले चिनसँग व्यापार निती लागु गरे संगै उनिहरुको योजना सफल हुन सकेन । त्यस्पछि सन् २०१८ मा उनिहरुले आफ्नै रेस्टुरेन्ट खोले । त्यस्तै उनिहरु Paraparaumu को लोकल बजारमा खानाको स्टल समेत राख्थे । केही वर्षको अथक मेहेनत पछि उनिहरुले Residency का लागि आवेदन दिएका थिए तर उनिहरु  Residency पाउन योग्य नभएको भन्दै Immigration NZ ले Reject  गरिदिएको छ । ‘

यो खबर बाहिर आएसगैं उनिहरुको मेहेनत र सफलता देख्ने उनका ग्राहक र समर्थकले Immigration NZ ले गल्ती गरेको भन्दै गल्ती सच्चाउन अनुरोध गरेका छन् । उनिहरुको समर्थनमा अन्लाईन पेटिसन समेत संचालन गरिएको छ । त्यस्तै Immigration को निर्णयलाई रिभ्यु गर्न माग गर्दै  र्याली समेत निकालिने भएको छ । Immigration NZ का अनुसार उनिहरुको व्यापारले आवश्यक पर्ने योग्यता पुरा गर्न नसकेको बताएको छ । उनिहरुले आवश्यक कागजात पुरा गरेर ४२ दिन भित्र पुन: अपिल गर्न पाउने तर सो गर्न नसके न्युजिल्याण्ड छाड्नु पर्ने बताईएको छ ।

सम्बन्धित समाचार

सबै