- बाबुराजा महर्जन
हालै न्युजिल्याण्डको आप्रवास विभागले जारी गरेको २०२२ नोभेम्बर ३० सम्मको तथ्यांक अनुसार यो वर्ष १,४२,९२९ जना निवेदकहरुलाई आवासीय भिसा प्रदान गरिसकेको छ भने ५१८७ जना निवेदकहरुको निवेदन बदर भएको छ।
१५८ देशका नागरिकहरुले आवासीय भिसाको लागि निवेदन हालेको भएतापनि ११ देशका नागरिकहरुले आवासीय भिसा प्राप्त गर्न सकेन।
३ जनाले मात्र आवासीय भिसा प्राप्त गरेका १३ वटा देशका नागरिकहरु छन भने ६ जना मात्रको आवासीय भिसा स्वीकृत भएका १० वटा देशहरु छन। मंगोलिया लगायत १० देशका नागरिकहरुको भाग्यमा १२ जनाको आवासीय भिसा हात पर्यो।
नोभेम्बरको अन्तिम सम्म आवासीय भिसा प्राप्त गर्ने १,४२,९२९ ब्यक्तिहरु मध्ये तालिकाको अग्र पंक्तिमा भारतीयहरु रहेका छन जसको संख्या ३७,०६८ रहेको छ। तालिकाको दोश्रो नम्वरमा फिलिपिन्स रहेको छ। फिलिपिनो नागरिकहरु मध्ये २८,६२३ जनाले आवासीय भिसा प्राप्त गरेकाछन।
तालिकाको दशौं स्थान नेपाली नागरिकहरुले प्राप्त गरे। यो वर्ष न्युजिल्याण्ड कै ईतिहासमा पहिलो पल्ट २६९४ नेपालीहरुले आवासीय भिसा प्राप्त गरेको उल्लेख छ।



