कलाकार निशा घिमिरेको निधन

725 Shares

कलाकार निशा घिमिरेको मृत्यु भएको छ।  थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु घिमिरेको भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ। नर्भिक अस्पतालका प्रबन्ध सञ्चालक मेघा चौधरीले झण्डै तीन महिनाअघि मोडल घिमिरेको उद्धार गरेकी थिइन्। लाखौँ खर्च गरेर महिनौँसम्म उपचार गर्दा पनि घिमिरेको स्वास्थ्यमा खासै सुधार नआएको अस्पतालले बताएको थियो। अस्पतालले मंगलबार घिमिरेको स्वास्थ्यमा सुधार नभएको बताएको थियो। अस्पताल ल्याएको केही दिनसम्म घिमिरेको स्वास्थ्यमा सुधार हुने लक्षण देखिएको थियो। तर नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसक्दासमेत स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको थियो। हालसम्म नर्भिकमा घिमिरेको उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध सञ्चालक मेघा चौधरीले नै व्यक्तिगत रूपमा प्रायोजन गर्दै आएको छ। उनको उपचारमा ५० लाखभन्दा बढी रकम खर्च भइसकेको अस्पतालले जनाएको थियो।

सम्बन्धित समाचार

सबै