गगनलाई खुल्ला त प्रधानमन्त्री हुने बाटो, संसदिय दलको नेताको निर्वाचन आज – New Zealand News Nepal (NZ News Nepal)

गगनलाई खुल्ला त प्रधानमन्त्री हुने बाटो, संसदिय दलको नेताको निर्वाचन आज

   December 21, 2022  

नेपाली कांग्रेसको संसदीय दलका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा भिड्ने पक्का भएको छ। कांग्रेसको निर्वाचन समितिले मंगलबार साँझ सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा दुवै नेता यथावत रहेका छन्। दलको चुनावअघि देउवाको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिले साथ दिने बताइसकेका छन्। पौडेल त देउवाको उम्मेदवारीमा पस्तावकमा बसेका छन्। त्यसैगरी, महामन्त्री थापाको पक्षमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र काठमाडौं–५ बाट विजयी प्रदीप पौडेलसहित उभिएका छन्। अहिलेसम्मको अवस्थामा देउवाको पक्षमा ५६ र थापाको पक्षमा ३३ जना सांसद उभिने देखिएको छ। तर, यो संख्यामा निर्वाचनको दिन तलमाथि हुनसक्छ। कांग्रेसका ८९ सांसदमध्ये मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाउँदैनन्। अदालतमा मुद्दा विचाराधीन रहेकाले संस्थापन पक्षका उनी मतदानमा सहभागी हुने छैनन्। सहमहामन्त्री भिष्मराज आङदेम्बे नेतृत्वको निर्वाचन समितिले दलको नेता छान्न बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछ।