ओली प्रचण्डबिच ‘प्याचअप’, २ वर्ष पछि नजिकिदैँ दुई नेता – New Zealand News Nepal (NZ News Nepal)

ओली प्रचण्डबिच ‘प्याचअप’, २ वर्ष पछि नजिकिदैँ दुई नेता

   December 23, 2022  

सांसदहरुको शपथ ग्रहणपछि आयोजित चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै देखिएका छन्। शपथ ग्रहणपछि संसद सचिवालयले आयोजना गरेको चियापान कार्यक्रममा दुई अध्यक्षको सँगै देखिएका हुन्। अघिल्लो सरकारमा ओलीको कदमको विरोध गर्दै सत्ता छाडेर कांग्रेस गठबन्धनतिर लागेका प्रचण्ड पछिल्लोसमय सार्वजनिक कार्यक्रममा ओलीसँग देखिएका हुन्। चियापानमा ओलीले प्रचण्डसँग कानेखुसी गरेको देखिन्छ भने प्रचण्ड प्रसन्न मुद्रामा देखिन्छन्।

दुई अध्यक्ष जेष्ठ सदस्यको शपथ ग्रहणको समयमा शीतल निवासमा पनि सँगै देखिएका थिए। संसदको शपथसँगै नयाँ सरकार कसको नेतृत्वमा बन्ने हो? चासोको विषय बनेको छ। शपथपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन्। यद्यपि एमाले अध्यक्ष ओलीको यो कानेखुसीले कतै सरकार गठनमा भित्रभित्रै खिचडी त पाक्दै छैन? कतिपयले आशंकासमेत गरेका छन्। निर्वाचनपछि ओलीले वाम शक्ति मिलेर सरकार बनाउनुपर्ने भनाई राख्दै आएका छन्।