संघीय संसद्को पहिलो बैठक पुस २५ गते बस्ने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को पहिलो बैठक आह्वान गरेकी हुन् । निर्वाचनको अन्तिम परिणाम घोषणा भएको एक महिनाभित्र संसद्को पहिलो बैठक बस्नुपर्ने संवैधानिक प्रावधान छ । गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको अन्तिम नतिजाको प्रतिवेदन मंसिर २९ गते राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले बुझाएको थियो ।