२०२२मा प्रधानमन्त्री आर्डेनको १६ विदेश भ्रमण: ८ महिनामा पुगिन् १३ देश

462 Shares

प्रधानमन्त्री जसिन्डा आर्डेनले यो वर्ष १३ वटा देशको भ्रमण गरेकी छिन् । न्युजिल्याण्डको सरकार प्रमुखको हैसियतमा उनी सन् २०२२ मा १३ वटा देश पुगेकी हुन् । अप्रिलमा कोरोनाका कारण बन्द रहेको बोडर खुले सँगै उनको विदेश भ्रमण सुरु भएको थियो । अप्रिल १८ देखि नोभेम्बर १९ सम्ममा उनले १३ देशको औपचारिक भ्रमण गरेकी हुन् । यस क्रममा प्रधानमन्त्रीले अष्ट्रेलिया, अमेरिका र बेलायतको दुई पटक भ्रमण गरिन् ।

कहिले कहाँ पुगिन् जसिन्डा :

१८-२० अप्रिल: सिगांपुर
२१-२२ अप्रिल: जापान
२३ मे – ०२ जुन: अमेरिका
९-१० जुन: अष्ट्रेलिया
२८-३० जुन:  स्पेन
१ जुलाई: बेल्जियम
२-३ जुलाई: बेलायत
४-८ जुलाई: अष्ट्रेलिया
११-१४ जुलाई: फिजी
१-२ अगस्त: सामोवा
१६-१९ सेप्टेम्बर: बेलायत
२०-२४ सेप्टेम्बर: अमेरिका
२६-२८ ओक्टोबर: अन्टाटिका
१२-१३ नोभेम्बर: कम्बोडिया
१४-१७ नोभेम्बर: भियतनाम
१८-१९ नोभेम्बर:  थाईल्याण्ड

सन् २०१७ मा प्रधानमन्त्री नियुक्त भएपछि उनले हालसम्म १७ देशको औपचारिक भ्रमण गरेकी छिन् । उनी प्रधानमन्त्री भईकन अष्ट्रेलिया ७ पटक पुगेकी छिन् । त्यस्तै बेलायत र अमेरिकाको ४-४ पटक भ्रमण गरेकी छिन् । हरेक वर्ष बिदेश भ्रमणमा निस्किने प्रधानमन्त्री आर्डेन कोरोनाका कारण सन् २०२१ मा भने कतै गईनन । तर २०२२ अप्रिलमा बोडर खुले सँगै उनले बिभिन्न देशको भ्रमण गरेकी हुन् । सन् २०२३ मा पनि उनको केही महत्वपूर्ण बिदेश भ्रमण हुने बताईएको छ । आर्डेनले २०२३ मा चिन र भारत भ्रमण गर्न सक्ने बुझिएको छ । त्यस्तै उनले केही अफ्रिकी मुलुकको भ्रमण समेत गर्ने योजना बनाएकी छिन् ।

सम्बन्धित समाचार

सबै