335
Shares
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल को उद्घाटन आज हुँदै छ । अंग्रेजी नयाँ वर्षको दिन पारेर नेपालको तेस्रो अन्तराष्ट्रिय बिमानस्थल औपचारिक रुपमा संचालनमा आउन लागेको हो । विमानस्थलबाट आन्तरिक उडान परीक्षण भइसकेको छ। टर्मिनल भवनमा आन्तरिक उडान गर्दै आएका विभिन्न वायुसेवा कम्पनीका लागि चेक-इन काउन्टर तयार भइसकेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नेछन्।
शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने छ । विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ।