भाषणभन्दा बढी काम गरेर जनताको सेवा गर्छु : प्रधानमन्त्री

234 Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रधानमन्त्रीको यो कार्यकालमा भाषणभन्दा बढी काम गर्ने सोच रहेको बताएका छन्।  चितवनको नारायणी नमुना विद्यालयको हिरक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। ‘ यो कार्यकाल म भाषण कम, काम धेरै जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतीक्षा गरेको छु,’ प्रचण्डले सम्बोधनको क्रममा भने।

कुनैपनि राष्ट्र वा समाजको सभ्यता र संस्कृतिको आधारशिला भनेको शिक्षा नै भएको अथ्र्याउँदै उनले विकासलाई दिगोरुपमा अघि बढाउन लागि पर्ने बताए।  ‘हामी एउटा विशिष्ट परिस्थितिबाट अघि बढ्दैछौं। यो पटक मैले देशको पक्षमा, जनताको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाली जनताको आवश्यक्तालाई सम्बोधन गर्दै जाने प्रतिवद्धता लिएको छु,’ प्रचण्डले भने, ‘मैले बाँकी जीवन यसैका लागि समर्पित गर्ने भनेको छु।’

सम्बन्धित समाचार

सबै