न्युजिल्याण्डमा यसै वर्ष आमनिर्वाचन गर्ने तयारी, यसरी हुन्छ १२० सिटका लागि चुनाव – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा यसै वर्ष आमनिर्वाचन गर्ने तयारी, यसरी हुन्छ १२० सिटका लागि चुनाव

   January 4, 2023  

न्युजिल्याण्डमा सन् २०२३ भित्रै आमनिर्वाचन गर्ने तयारी गरिएको छ । हरेक ३ वर्षमा हुने निर्वाचनले संसदको १२० सिटको छिनोफानो गर्ने छ ।
न्युजिल्याण्डको प्रतिनिधि सभामा १२० सिट छन् । जस्का लागि यसै वर्षको अन्तिममा निर्वाचन गर्ने तयारी गरिएको छ । न्युजिल्याण्डको संसदमा ७२ जना समानुपातिक सुचीबाट निर्वाचित हुने छन् भने बाँकी ४८ जना राजनीतिक दलको बन्दसुचीका आधारमा निर्वाचित हुने व्यवस्था छ ।
हरेक मतदाताले दुई चोटि मतदान गर्नु पर्ने हुन्छ । एउटा पार्टीको लागि र अर्को आफ्नो क्षेत्रबाट उठेको उमेदवारका लागि । पहिलो मतदान अन्तर्गत ५ % थ्रेसहोल्ड कटाउने पार्टीले समानुपातिक तर्फ सिट पाउने छ ।

हाल न्युजिल्याण्डको संसदमा ५ वटा पार्टीको प्रतिनिधित्व रहेको छ जस्मा प्रधानमन्त्री जसिन्डा आर्डेनको लेबर पार्टीले गत २०२० को निर्वाचनमा ६५ सिट हासिल गर्दै पहिलो पार्टी बनेको थियो । त्यस्तै प्रमुख प्रतिपक्षमा रहेको नेशनलको ३३ सिट, एसीटीको १० सिट र माओरी पार्टीको २ सिट रहेको छ । लेबर सँग सहकार्य गरेर सरकारमा रहेको ग्रीन पार्टीको १० सिट रहेको छ । गत २०२० मा भएको निर्वाचनबाट निर्वाचित संसदको अवधी २०२४ जनवरी १३ का दिन सकिदै छ त्यसअघी आम निर्वाचन गर्नु पर्ने हुन्छ । सरकारका अनुसार आउँदो अक्टोबरमा निर्वाचन हुने छ ।