218
Shares
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको एजेण्डाबारे छलफल गर्ने भएको छ । यसका लागि नेसपाले २४ पुसमा राजनीतिक समिति बैठक डाकेको छ । त्यसका विभिन्न एजेन्डामध्ये एउटा एजेण्डा माओवादीसँगको एकता विषय रहेको पार्टी नेता गंगा श्रेष्ठले बताए ।
गत चुनावमा नेसपाका उम्मेदवारहरु माओवादीकै चुनाव चिह्न लिएर लडेका थिए । प्रतिनिधिसभातर्फ नेसपाका महिन्द्र राय यादवले माओवादीको साथ लिएर जितेका थिए । माओवादीकै साथमा नेसपाका केही सांसदले प्रदेशसभामा जितेका छन् । भट्टराईले सोमबार एमाले अध्यक्ष केपी ओलीलाई बालकोटमा भेट्दै आगामी सहकार्यको सम्भावनाबारे छलफल गरेका थिए । उनले माओवादी अध्यक्ष प्रचण्डका लागि गोरखा २ को निर्वाचन क्षेत्र छाडेका थिए ।