मेट सर्भिसले न्युजिल्याण्डको नर्थ आईल्याण्डका बिभिन्न स्थानमा भारी वर्षा हुने चेतावनी दिएको छ।
बिशेष गरी नर्थ आईल्याण्डको उत्तरी भुभागमा भारी वर्षा हुने छ । Coromandel, Thames, Whangamata लगायत Bay of Plenty को Rotorua, Tauranga,Kawerau, Tepuke, Opitiki, Whakatane क्षेत्रमा अबिरल वर्षा हुने छ ।
मेट सर्भिसले Coromandel क्षेत्रको सडक मार्गपनि प्रभावित हुन सक्ने भन्दै आवश्यक पर्दा मात्र यात्रा गर्न आग्रह गरेको छ ।
देशका अन्य क्षेत्रमा पनि गत दुई दिन देखि पानी परिरहेको छ । नर्थ आईल्याण्डको अघिकांश स्थान र साउथ आईल्याण्डको उत्तरी क्षेत्रमा लगातार वर्षा भईरहेको छ ।
नर्थ आईल्याण्डको अकल्याण्ड, कोरोमन्डल, रोतोरुवा, ताउरङा, ह्यामिल्टन, ताउपो, न्यु प्लाईमाउथ, मास्टरटम र राजधानी वेलिङटनमा भारी वर्षा भईरहेको छ । त्यस्तै साउथको नेल्सन, ब्लेन्हिम, वेष्टपोर्टमा भारी वर्षा भईरहेको मेट सर्भिसले जनाएको छ ।
