प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधसभाबाट दुईतिहाइभन्दा धेरै बहुमत पाएका छन्। मंगलबार भएको विश्वासको मत लिने प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत खसेको छ। उनको प्रस्तावको विपक्षमा जम्मा दुई मत परेको छ। मत दिन्न भन्ने पक्षमा कसैले पनि मतदान गरेनन्। आजको संसदमा जम्मा २७० सांसद उपस्थित थिए। विपक्षमा जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टी नेमकिपाका प्रेम सुवालले मत दिएका हुन्।


