न्युजिल्याण्डको मौसममा सुधार कहिले बाट ?

284 Shares

न्युजिल्याण्डको मौसममा केही दिनयता सुधार आएको छैन । लगातारको वर्षाका कारण नर्थ आईल्याण्डका अधिकांश स्थानमा केही दिन देखि पानी परिरहेको छ । त्यस्तै साउथका पनि केही स्थानमा मौसमी प्रभाव देखिएको छ । न्युजिल्याण्डमा गर्मी महिना चलिरहेको अवस्थामा किन यस्तो बद्लाव आयो त ? मेट सर्भिसका अनुसार चक्रवात हेलको प्रभावले यस्तो बद्लाव देखिएको हो । चरम गर्मी हुने जनवरी महिनामा अहिले वर्षाका कारण चिसोपन महसुस गर्न सकिन्छ । अबको केही दिन मौसममा सुधार नआउने मेट सर्भिसले जनाएको छ । चक्रवात हेलले हाल न्युजिल्याण्डको उत्तरी भुभागमा प्रभाव पारेको छ । नर्थल्याण्ड र अकल्याण्डमा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको छ । त्यस्तै वाईकातो, कोरोमन्डल, वे अफ प्लेन्टी, गिसबर्न लगायतका स्थानमा पनि वर्षा जारी रहेछ । उता राजधानी वेलिङटन, हक्सवे लगायतका क्षेत्रमा भने मध्यम खालको वर्षाको सम्भावना रहेको मेट सर्भिसले उल्लेख गरेको छ । साउथको नेल्सन, बेल्हिम, काईसचर्चमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । अरु स्थानमा पनि वर्षाको सम्भावना नरहेतापनि बादल लाग्ने बताईएको छ ।

सम्बन्धित समाचार

सबै