688
Shares
न्युजिल्याण्डको अकल्याण्ड शहरमा रहेका नेपालीहरुले पोखरा विमान दुर्घटनामा निधन भएकाहरुको सम्झनामा दिपप्रज्वलन गरेका छन् ।
अकल्याण्डको टाउन हल अगाडि रहेको Aotea Square मा नेपालीहरु भेला भएर दिपप्रज्वलन गरेका हुन् । कार्यक्रममा सहभागिहरुले पोखरामा भएको विमान दुर्घटनामा परि ज्यान गुमाउनेहरु प्रति श्रद्दान्जली अर्पण गर्दै मृतकका परिवार प्रति समवेदना प्रकट गरेका थिए । फुलको गुच्छा र मैन बत्ती सहित उपस्थितले नेपालमा भएको दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
आईतबार पोखरामा यती एयरको विमान दुर्घटना हुँदा विमानमा सवार सबै ७२ जनाको मृत्यु भएको थियो ।
