389
Shares
न्युजिल्याण्डको अकल्याण्डबाट अष्ट्रेलियाको सिड्नी उडेको क्वान्टासको विमानमा आकासमै हुदा इन्जिनमा खराबी देखिएको छ । गन्तव्य पुग्न एक घण्टा बाँकी रहँदा उक्त विमानको एउटा इन्जिनमा खराबी देखिएको थियो ।
त्यसपछि विमानका चालक दलले ‘मे डे’ कल गरेका थिए । हवाई क्षेत्रमा ‘मे डे’ कल गर्नु भनेको आपत्तकालिन अवस्था हो । क्वान्टासको क्युएफ १४४ कल साइनको बोइङ ७३७ बिमान सिड्नीमा सुरक्षित अवतरण गरिएको छ । मे डे कलपछि सिड्नी विमानस्थलमा आपत्तकालिन अवस्थाका लागि एम्बुलेन्स र दमकलहरु तयारी अवस्थामा राखिएको थियो । उक्त बिहान अकल्याण्डबाट दिउँसो २:३० बजे सिड्नीको लागि उडेको थियो ।