जसिन्डा गएपनि अर्को सरकार लेबर पार्टीकै बन्ने, वुड र हिप्किङ्स मुख्य दावेदार

280 Shares

लेबर पार्टीबाट प्रधानमन्त्री जसिन्डाले राजिनामा दिएसंगै उनी गएपछि देशको प्रधानमन्त्री को बन्ला भन्ने चर्चा सुरु भएको छ । जसिन्डाले राजीनामा दिएपछि अब बन्ने अर्को सरकार लेबर पार्टी कै हुने छ । गत २०२० को निर्वाचनमा लेबर पार्टीले बहुमत ल्याएको थियो । पार्टी एक्लैले ६४ सिट जितेको थियो जुन सरकार बनाउन बहुमत हो । त्यसमाथी जसिन्डालाई ग्रिन पार्टीका १० सांसदले समेत समर्थन गरेका थिए । ७४ सांसदको समर्थनमा प्रधानमन्त्री बनेकी जसिन्डाले बिहीवार रजिनामा दिने घोषणा गरेपछि अब बन्ने नयाँ सरकारमा ग्रिन पार्टीको साथ रहने  नरहनेबारे पनि अन्योल छ ।

उता प्रतिपक्षमा रहेका ४५ सांसदले ग्रिनको साथ पाएपनी सरकार बनाउन सक्दैनन् । लेबरसँग एक्लै बहुमत भएकाले अब लेबरबाटै नयाँ प्रधानमन्त्री बन्ने निस्चित छ । तत्कालका लागि सरकारका मन्त्रीहरु माईकल वुड र क्रिस हिप्किङ्सको नाम अगाडि आएको छ । वुड जसिन्डा सरकारमा ईमिग्रेशन मन्त्री हुन् भने हिप्किङ्स शिक्षा मन्त्री हुन् । उपप्रधानमन्त्री ग्रान्ट रोबर्ट्सन भने प्रधानमन्त्री नबन्ने जसिन्डाले बताईसकेकी छिन् ।

अब लेबरले दलको नयाँ नेता छान्ने छ । सोही दलको नेता देशको नयाँ प्रधानमन्त्री बन्ने छ ।

सम्बन्धित समाचार

सबै