नेपाल: प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे विजयी – New Zealand News Nepal (NZ News Nepal)

नेपाल: प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे विजयी

   January 19, 2023  

प्रतिनिधिसभाको सभाभुखमा देवराज घिमिरे विजयी भएका छन्।  बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्।

कांग्रेसको तर्फबाट उम्मेदवार ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गरिन्। ‘हाल बहाल रहेको २६८ मध्ये बहुमत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित हुनु भएको छ’, सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरे।